Aamsanchar

स्कुटर दुर्घटना, दुईजनाको मृत्यु

Author Image
आइतवार, असोज २३, २०७३

सुनसरी,

accident-sketch

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी स्थित पानीपिया जंगलमा स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

धरानबाट इटहरीका लागि छुटेको को १६ प ७७६८ नम्बरको स्कुटर बाटो छेउको डिभाइडरमा ठोक्किँदा इटहरी–५ का २२ मदन गुरुङ र ३२ वर्षका कुमार गुरुङको ज्यान गएको हो ।

उनीहरुको शव आइतबार बिहान बाटो छेउमा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार उनीहरु शनिबार राति दुर्घटनामा परेका हुन् । रक्सी खाएर स्कुटर चलाएकाले दुर्घटना भएको डिएसपी सुवेदीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)