Aamsanchar

सहवासको बेला ध्यान दिनुपर्ने ५ कुरा

Author Image
बिहिवार, असोज २७, २०७३

23sex-partnersआफ्नो पार्टनरसँगको सहवासको समय सबैभन्दा अन्तरंग तथा महत्वपूर्ण समय हो । सहवासलाई अझै आनन्ददायी बनाउन तथा उच्च यौन आनन्द प्राप्त गर्नका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । सहवासका बारेमा गर्नै नहुने गल्ती तथा त्यस्ता गल्ती हुन नदिनका लागि ध्यान दिनुपर्ने ५ कुरा यस्ता छन्ः

१. चुम्बनः विश्वास गर्नुस् या नगर्नुस् धेरै मानिसहरु सम्भोगका बेला आफ्नो पार्टनरलाई चुम्बन गर्दैनन् । किन ? सम्भवतः सहवासको बेला हुने आसनले गर्दा चुम्बन असहज बन्दछ । जोडीहरु छिटै चरमोत्कर्षमा पुग्न चाहन्छन् र चुम्बनले चरमोत्कर्ष प्राप्तिको तिव्रतालाई भंग गरिदिन्छ भन्ने सोँच कतिपयको हुन्छ । तर होसियार, कदापि यस्तो गल्ती नगर्नुस् । सहवासको बेला सदैव आफ्नो पार्टनरलाई भरपूर चुम्बन गर्नुस् । यसले यौन आनन्दमा इँटा थप्दछ ।

२. लभ बाइट्सः धेरै मानिहरुले आफ्नो पार्टनर सहवासमा एग्रेसिभ होस् भन्ने चाहन्छन् र एग्रेसिभ पार्टनर मन पराउँछन् । तर सहवासका लागि आफ्नो महिला पार्टनर तयार नहुँदै वा उत्तेजनामा नआउँदै उनको जिउमा टोक्नु राम्रो मानिँदैन । यसले जिउमा आनन्दको साटो पीडा हुन्छ र असहजता पैदा भई पार्टनर तर्सिने जोखिम पनि हुन्छ । त्यसैले पार्टनरलाई कान, काँध, घाँटी तथा सरीरका अन्य भागमा लभ बाइट दिनुअघि तपाइँको पार्टनर पूर्ण रुपमा उत्तेजित भएको निश्चित गर्नुस् ।

३. पार्टनरको सरीरमा ध्यानः यसमा दुइमत छैन की सबैभन्दा बढि यौन उत्तेजना प्राप्त हुने अंग यौनांग नै हो । तर सहवासका बेला सिधै यौनांगमा केन्दि्रत हुनु राम्रो हुँदैन । त्यसअघि जिउका अन्य भागहरुमा ध्यान दिनुपर्दछ । पार्टनरको घुँडा, कम्मर, ढाड, पेट, नितम्ब, वक्षस्थल लगायतमा मुसार्ने तथा सुम्सुम्याउने र चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाइँको पार्टनरलाई उत्तेजना प्राप्त गर्न सहयोग पूराउँदछ । यसले यौन आनन्दमा पनि वृद्धि गर्दछ ।

४. जिउको भारः तपाइँ महिला हो वा पुरुष । केही समय आफ्नो पार्टनरको जिउमाथि आफुलाई पूर्ण रुपमा फ्याँकेर क्रेजी बन्न सक्नुहुन्छ । तर जब तपाइँ पार्टनरको जिउमाथि सुतिरहनु भएको छ भने यो कुरामा ध्यान दिनुहोस् की तपाइँले आफ्नो जिउको पूरै भार पार्टनरको जिउमा नपार्नुस् । यसो गर्दा स्वास फेर्न कठिन हुन्छ । पूर्ण रुपमा अक्सिजन लिन नपाउँदा त्यसले मस्तिष्कसम्मै प्रभाव पार्दछ र यौन क्षमता तथा आनन्दमा नकारात्मक असर पार्दछ ।

५. समयमै स्खलनः यो विशेषगरी पुरषको हकमा लागू हुन्छ । उपयुक्त समयमा विर्यस्खलन गर्नका लागि तपाइँले आफ्नो मांशपेशीमा पर्याप्त नियन्त्रण गर्नुपर्ने हुन्छ । धेरै छिटो विर्यस्खलन हुँदा तपाइँको पार्टनरले यौन आनन्द नै प्राप्त गर्दैन भने धेरै ढिलो विर्यस्खलन हुँदा तपाइँको पार्टनरले यौन आनन्द होइन जिमखानामा फलामको भार उठाइरहेको अनुभुति गर्दछ । असामयिक स्खलन रोकेर पर्याप्त चरमआनन्द प्राप्त गर्नका लागि पाकक्रिडामा पर्याप्त समय खर्चिनुस् ।

तपाइँले लामो समयसम्म सहवास गरेर पनि स्खलन गर्नको लागि हस्तमैथुन नै गर्नुपर्छ भने पनि पहिले आफ्नो पार्टनरलाई सन्तुष्टी दिलाउने काम गर्नुहोस् र अनिमात्र आफ्नो इच्छामुताविकको स्खलन तर्फ लाग्नुहोस् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१