विर्तामोड ।

झापाको लखनपुरमा मोटरसाइकलको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।

गौरीगञ्ज–पाडाजँुगी सडक खण्ड अन्र्तगत लखनपुर–२ मा गयराती साढे ८ बजे मे ७ प ६४६५ नम्बरको मोटरसाइकलले ठक्कर दिदां सोही ठाँउका ५९ वर्षिय खड्ग केसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका केसीको दमकमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 167

