ताप्लेजुङ।

पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ ।

यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ ।

त्यस्तै होटल व्यवसाय कारोबार पनि ठप्प भएको स्थानीय व्यवसायीहरुको भनाइ छ ।


सुकेटार विमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्दै आएको थियो ।
निगमसँग भएको पहाडी क्षेत्रका उडान भर्ने जहाज बिग्रिएकाले उडान गर्न नसकेको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज विकास राईले बताए ।
Views: 126

