Aamsanchar

थाइल्याण्डसँग नेपाली महिला क्रिकेट टिम पराजित

Author Image
शुक्रवार, असोज २८, २०७३

हङकङ।

Nepali-cricket--57fcb908e3c5b2.39424082

हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोटमा थाइल्याण्डसँग नेपाल एक विकेटले पराजित भएको छ ।

शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १ सय ९ रनको चुनौती दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनाएको हो ।

नेपालका लागि नेरी थापाले अविजित ३२ रन जोडिन् भने ईन्दु बर्माले २६ रन तथा निर्मला कुमारी शाहीले २० रनको योगदान दिए ।

जवाफमा १ सय ९ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ बल बाँकी छँदै ९ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।

प्रतियोगितामा यसअघि खेलेका चारमध्ये दुई खेलमा जित र दुईमा हार भोगेको नेपालको यो तेस्रो पराजय हो । यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना पनि सकिएको छ ।

यसपछि नेपालले चीनसँग एउटा मात्रै खेल खेल्न बाँकी छ ।

चार टोली सहभागी प्रतियोगितामा सबै टोलीले आपसमा दुई–दुई खेल खेल्दैछन् । हालसम्म ५ खेल खेलेको थाइल्याण्ड अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । ४/४ अंक जोडेका हङकङ र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर