Aamsanchar

हेलिकोप्टर बस्न नसक्दा गर्भवतीको मृत्यु

Author Image
शनिवार, असोज २९, २०७३

 ताप्लेजुङ ।

ताप्लेजुङको दुर्गम पापुङ गाउँ विकास समितिमा एक गर्भवती महिलाको मृत्यु भएको छ । प्रसुति गराउनलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा समयमै पु¥याउन नसक्दा पापुङ ९ बस्ने ४० वर्षीया पेमा शेर्पाको बिहीबार राती मृत्यु भएको हो ।
दुई दिन अघिदेखि प्रसुति ब्यथाले भेटेपछि प्रसुति गराउन काठमाडौं लैजानलाई हेलिकोप्टर झिकाइएको मृतकका आफन्त स्थानीय नुपु शेर्पाले जानकारी दिनुभयो । तर चार्टर गरेको मनाङ एयरको हेलिकोप्टर बिहीबार तीन पटकसम्म ल्याण्ड गराउन खोज्दा पनि खराब मौसमका कारण सम्भव नभएपछि गर्भवतीको मृत्यु भएको शेर्पाले बताउनुभयो ।
सदरमुकाम फुङ्लिङदेखि तीन दिनको पैदल दुरीमा पर्ने पापुङबाट सदरमुकाम पु¥याउन सम्भव नभएपछि हेलिकोप्टर चार्टर गरिएको थियो । यसरी जिल्लाको दुर्गम पापुङ, तापेथोक, लेलेप, ओलाङ्चुङगोला लगायतका गाविसका जटिल किसिमका विरामीहरुलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं लैजाने गरिन्छ । तर खराब मौसम र अन्य कारणले समयमै उपचार नपाउँदा भने धेरै विरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर