Aamsanchar

सबैभन्दा बढी कमाउने विश्वका १० प्रमुख मोडल

Author Image
शनिवार, असोज २९, २०७३

१.) विश्वप्रसिद्ध फोब्र्स पत्रिकाका अनुसार सन् २०१५ मा मोडलिङको संसारमा सबैभन्दा बढी दाम कमाउनेमा  ब्राजिलकी मोडल गिसेल बुण्डचेन हुन् । उनले गत वर्ष फेशन मोडलिङबाट चार करोड ४० लाख डलर अर्थात् चार अर्ब ६६ करोड रुपियाँभन्दा बढी कमाईन् ।  यो रकम सन् २०१४ मा उनले गरेको कमाइभन्दा केही कम नै छ , गत वर्ष उनको कमाई चार करोड ७० लाख डलर थियो । ३५ वर्षीया विवाहित यी ब्राजिलियन मोडलको दुईवटा बच्चा छन् ।

२.) कारा डेलिभिन्न ः सन् २०१५ मा काराले मोडलिङबाट ९० लाख डलर अर्थात् साढे नब्बे करोड रुपियाँ कमाइन् । सन् २०१४ मा काराको आय ३५ लाख डलर मात्र भएकोमा  सन् २०१५ मा ९० लाख पुगेको बताईएको छ । बेलायती नागरिक काराले सन् २००९ देखि मोडलिङलाई आफ्नो क्यारियर बनाएकी थिइन् ।

३.) एड्र्निा लिमा : सन् २०१५ मा ९० लाख डलर नै कमाएर एड्र्निा पनि सबैभन्दा बढी कमाउने मोडलको दोस्रो स्थानमा छिन् । ३४ बर्षीया यी मोडल पनि ब्राजिलकै  हुन् । दुई बच्चाकी आमा एड्र्निा १५ वर्षकै उमेरदेखि मोडलिङको क्षेत्रमा कार्यरत छिन् र यिनी विशेष गरेर भिक्टोरियाज सेक्रेटस् भन्ने महिलाले लगाउने  भित्री वस्त्रका लागि नामी छिन् ।

४.) ३१ वर्षीया डच मोडल डाउट्सेन क्रोइसको आम्दानी वर्ष २०१५ मा ७५ लाख डलर अर्थात् झण्डै ८० करोड रुपियाँ थियो र फोब्र्स धनी मोडल सूचीमा उनी तेस्रो स्थानमा छिन् । फ्रान्सको सौन्दर्य प्रसाधन ब्राण्ड लोरियालकी अनुहार भनेर चिनिने ३१ वर्षीया क्रोईस आम्सटरड्याम तथा न्यूयोर्कमा बसेर काम गर्दछिन् । सन् २००३ देखि मोडलिङमा सक्रिय यी डच मोडलको पनि दुईवटा बच्चा छन् ।

५.) नतालिया भोडियानोभा ः ७० लाख डलर अर्थात् ७० करोड रुपियाँ भन्दा बढीको कमाईसहित रुसी मोडल चौथो स्थानमा छिन् । मोडलिङका साथै कहिँलेकाहीँ फिल्ममा समेत अभिनय गर्ने यी रुसी सुन्दरी १५ वर्षको उमेरदेखि नै यो क्षेत्रमा छिन् र उनका चारवटा बच्चाहरु छन् । नतालिया विशेष गरि सुगन्धित सौन्दर्य प्रसाधनहरुमा बढी देखापर्छिन् ।

६.) मिरिण्डा केर ः अष्ट्र्ेलियन मोडल मिरिण्डा केरको आम्दानी सन् २०१५ मा ५५ लाख डलर अर्थात् ५८ करोड रुपियाँ थियो । विभिन्न सौन्दर्य सामाग्रीहरुको मोडलिङमा देखिने ३३ वर्षीया केर झण्डै १० वर्षदेखि यस क्षेत्रमा रमार्ईरहेकी छिन् । हलिउड कलाकार ओर्लाण्डो ब्लुमसँग सम्बन्धविच्छेद गरेकी केरको एक बच्चा समेत छ ।

७.) जोन स्मालस्  ः  सन् २०१४ मा तीस लाख डलर मात्र कमाएकी मोडल जोनले सन् २०१५ मा झण्डै दोब्बर अर्थात् ५५ लाख डलर आय आर्जन गर्न सफल भइन् । काल्भिन क्लेन, जोई फ्रेस, मार्क ज्याकोब्स् जस्ता विश्वप्रसिद्ध ब्राण्डहरु हात पार्न सफल भएकी जोन २७ वर्षकी छिन् र प्यूर्टो रिको नामक देशकी बासिन्दा हुन् ।

८.) लारा स्टोन ः सन् २०१४ मा मोडलिङबाट टाढिएकी लाराका लागि वर्ष २०१५ निकै लाभदायक सिद्ध भयो र उनी पूनः बढी कमाउने मोडलहरुको सूचीमा पर्न सफल भइन् ।  काल्भिन क्लेन अण्डरवेयर लगायत लोरियाल जस्ता प्रसिद्ध ब्राण्डहरुको मोडलिङमा व्यस्त ३२ वर्षीया लाराको पनि एक बच्चा छ । उनले सन् २०१५ मा ५० लाख डलर अर्थात् ५० करोडभन्दा बढी रकम कमाएकी थिइन् ।

९.) अलेक्जेण्ड्र अम्ब्रोसियो ः सन् २०१५ मा यी ब्राजिलियन मोडलको आय ५० लाख डलर  अर्थात् ५० करोड रुपियाँभन्दा बढी थियो । यिनले विशेष गरि भिक्टोरियाज सेक्रेट्सकै मोडलिङ गरेर मोटो रकम हात पार्न सफल भएकी हुन् । ३५ वर्षीया अलेक्जेण्ड्रका दुई बच्चा छन् र विगत १७ वर्षदेखि मोडलिङको क्षेत्रमा स्थापित छिन् ।

 

१०.) क्याण्डिस स्वानेपोईल : २७ वर्षीया दक्षिण अफ्रिकी मोडल क्याण्डिस ५० लाख डलर अर्थात् ५३ करोड रुपियाँ आम्दानीसहित सन् २०१५ को शीर्ष दस कमाउ मोडलमा परेकी छिन् । १३ वर्ष लामो मोडलिङ क्यारियरमा क्याण्डिसले भिक्टोरियाज सेक्रेट्स लगायत विभिन्न नामी कम्पनीका लागि काम गरेकी छिन् , सन् २०१४ मा उनको आम्दानी ३० लाख डलरमात्र थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर