Aamsanchar

नेपालले चीनलाई चार विकेटले हरायो

Author Image
शनिवार, असोज २९, २०७३

काठमाडौं,

Nepali-cricket--57fcb908e3c5b2.39424082

आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौट अन्तर्गत शनिबार बिहान भएको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले हराएको छ ।

चीनले प्रस्तुत गरेको ८६ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । नेपालकी नेरी थापाले २२, सीता राना मगरले २०, रुबिना बेलबासेले नटआउट १३ तथा इन्दु वर्माले १० रन बनाइन् ।

मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले दुई तथा निर्मला कुमारी शाही र करुणा भण्डारीले समान १–१ विकेट लिए ।

पहिलो चरणको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो । शुक्रबार थाइल्याण्डसँग हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगितामा ८ अंकसहित शीर्ष स्थानमा रहेको थाइल्याण्ड विश्वकप छनौट चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर