Aamsanchar

अफगानिस्तान जान लागेको प्रतिबन्ध हट्यो

Author Image
आइतवार, असोज ३०, २०७३

काठमाडौं ।

afganistan

सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान जान लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । यससँगै अफगानिस्तानमा जाने सेक्युरेटी गार्डसहित गि्रन जोनका कामदारका लागि श्रम स्वीकृति दिन बाटो खुला भएको छ ।

 

दशैंअघि बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा नेपाली कामदार लैजान लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

गत असार ६ गते काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि नेपाल सरकारले अफगानिस्तानमा नेपाली कामदार लैजान रोकेको थियो । मृतक नेपालीहरुको शव लिन गएको नेपाली विमानमा नै केही नेपाली घर पनि फर्किए ।

घटनाबारे छानविन गर्न बनेको सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए मात्र फेरि नेपाली पठाउन सकिनेप्रतिवेदन दिएको थियो ।

तर, सरकार दशैंको विदाको पूर्व संध्यामा सुटुक्क अफगान जान लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको छ । यसमा अफगानिस्तानमा दूताबास रहेका अमेरिका र क्यानडा लगायतको दबाव र रोजगारदाता कम्पनीको दबावले भूमिका खेलेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)