Aamsanchar

अलकायदाको नेपाल कमाण्डर भन्दै धम्क्याएर पैसा असुल्दै ठग्ने पक्राउ

Author Image
आइतवार, असोज ३०, २०७३

alkayadaकाठमाडौं । 

 आफूलाई अलकायदा विश्व संगठन (दक्षिण एसिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स, टाइगर मुक्ति मोर्चाका कमाण्डर भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले बैकुण्ठ बेल्बासेलाई पक्राउ गरेको छ ।

मनमैजु बस्दै आएका अर्घाखाँची सिद्धारा ३ का ४१ वर्षीय बेलबासेलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमैजुबाट पक्राउ गरेको हो ।

बेलबासेलाई आवश्यक कानुनी कारवाही अघि बढाएको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ । विभिन्न व्यावसायी एवं व्यक्तिलाई फोन गरेर, चिठ्ठी पठाएर धम्की दिने र रकम असुल्ने गरेको प्रहरीको भनाई छ ।

उनले आफ्नो नाम अग्निचट्टान, विवश, असिना भनेर फरक– फरक नम्बरबाट फोन गर्ने तथा पत्र पठाउने गरेको प्रहरीको भनाई छ । उनीसहित चार जनालाई जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धक र संगठित अपराधको अभियोगमा २०७० जेठ १३ गते २७ महिना जेल सजाय सुनाएको थियो । जेल सजाय काटेर उनी २०७२ भदौ २७ गते छुटेका थिए ।

बेलबासेको साथबाट अदकायदाको नाममा १३ लाख रकम माग गरेको पत्र, १ लाख ५० हजार नगद र विभिन्न व्यक्तिको फोटो, धम्की दिन प्रयोग गरेको सिम कार्डहरु, नागरिकता सक्कल तथा विभिन्न सशस्त्र समूहका नाममा चन्दा मागेको पत्र बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)