Aamsanchar

समुद्रमा डुंगामा आगलागी, ४ को मृत्यु

Author Image
आइतवार, असोज ३०, २०७३

dunga

जाकार्ता।

इन्डोनेसियको पूर्वी भागमा ४१ व्यक्ति सवाररहेका एक डुङ्गामा आगलागीपछि पल्टिएर दुर्घटना भएको छ ।

यसमा परी चार व्यक्तिको मृत्यु भएको अन्य दुई जना बेपत्ता भएका खोजी र उद्धार अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

सो डुङ्गा उत्तरी मलुकु प्रान्तको हल्माहेरा बरात इलाकामा रहेको जैलोलो समून्द्रिकतटमा रहेको बन्दरगाहबाट प्रस्थान गरेको बताइएको छ ।

सो दुर्घटना बिनताङ्ग पजारमा रहेको समून्द्रमा भएको सो प्रान्तका राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले बताएका छन् ।

दुर्घटनाग्रस्त सो डुङ्गा तेर्नाटे सहरमा फेला परेको बताइएको छ । यस दुर्घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका बताइएको छ ।

बेपत्ता व्यक्तिको खोजी र उद्धारकार्य जारी रहेको मर्सुदीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

इन्डोनेसियामा १७ हजार पाँच सय द्वीपहरु रहेका छन् । साना तर उच्चगतिमा चल्ने डुङ्गाहरु त्यहाँ लोकप्रिय छन् ।

तर अझै पनि सुरक्षाको दृष्टिकोणले कम नै भएको हुनाले बारम्बार दुर्घटना भएको पाइन्छ । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर