Aamsanchar

आज यस्तो दिन हो , दिन र रातको समय ठ्याक्कै समान

Author Image
सोमवार, कार्तिक १, २०७३

तुला संक्रान्ति

महीनाको प्रथम दिनलाई सक्रान्ति भनिन्छ भने महीनाको अन्त हुने दिनलाई मसान्त भनिन्छ, आज तुला सक्रान्ति अर्थात सूर्य कन्या राशीवाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा सक्रान्तिहरु हुन्छन र सक्रान्तिको दिनमा सूर्य एउटा राशीवाट अर्को राशीमा प्रवेश गर्दछ । आजको सक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण सक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडीवाटै एक छाकमात्र खाएर तुला सक्रान्तिमा व्रत वस्ने चलन छ, यस दिनको व्रतले धेरै फल दिने जनविश्वास रहेको छ । आजवाट हिन्दु क्यालेन्डर अनुसारको सातौँ महिना अर्थात कार्तिक शुरु भयो है, यस दिन खेतमा अन्न वालीहरु सप्रियोस र राम्रो हिसाबले अनि कुनैपनि प्राकृतिक विपत्ति विनानै अन्न भित्राउन पाइयोस भनेर पूजाअर्चना गरिन्छ ।

विस्तारै विस्तारै आकाशवाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र अब साँझहरु छिटै पर्न थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके, मसिंर नजिक आँउदैछ जब धान काटेर दाउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।
यसपालाको वाली सप्रियोस, भकारी भरेर अन्न भित्राउदै किसानहरुमा हर्ष छाओस । असार श्रावणमा रोपाँई गरेका धानका विउहरुले अब पसिनाको मुल्य दिने वेला आँउदैगर्दा सबैजनामा आशा र मुस्कानको सञ्चार होस्, शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)