Aamsanchar

कसरी रहने खुशी र सुखी ?

Author Image
सोमवार, कार्तिक १, २०७३

एकराज गिरी

[एकराज गिरी]

हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? सवाल सामान्य छ । यसको जवाफ पनि हामीसाग सजिलो छ– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको बन्ने हाम्रो चाहना हो । जीवन रहेसम्म यिनकैपछि दौडन्छौं हामी । तर आज न हामीले चाहेको बन्न सकिरहेका छौं, न त खोजेकै कुरा पाएका छौं । अर्को सवाल उठ्छ– यी चीज कहा पाइन्छ त ? । हामी सबै भन्छौं– यी चीज त आफैभित्र छ, आफ्नै मनमा छ । मनमै छ, आफैभित्र छ तर हामी खोजिरहेका छौं, पाइरहेका छैनौं– यो आजको यथार्थ हो । हामीले खोजेको सुख हो, पाउाछौं– दु:ख । खोजेको शान्ति हो, हुन्छ अशान्ति, खोजेको खुशी हो भेटिन्छ चिन्ता, तनाव । खोजेको स्वस्थ हो भइन्छ रोगी । प्रेम, आनन्द चाहिएको छ मिल्छ घृणा र तनाव अनि अशान्ति । चाहिएको समृद्धि हो तर जहिले अभावको जीवन । किन यसो भइरहेको छ भने– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द मनभित्र छ भने दु:ख, अशान्ति, चिन्ता, तनाव, रोगका कारण, घृणा, अभावको चिन्तन पनि मनभित्रै छ । हामी खुशी, सुख अरुबाट प्राप्त होस् भन्ने चाहन्छौं । त्यो सत्य होइन । आफ्नै मनभित्रको, आफूले चाहेको चीज हामीले प्राप्त गर्न सकेका छैनौं । आफैलाई चिन्न सकेका छैनौं । स्वयमले आफैंभित्रबाट यी चीज प्राप्त गर्न सक्नु आजको आवश्यकता हो । हरेक क्षणमा, प्रसंगमा, स्थानमा हामीले आनन्द लिन सक्नुपर्छ ।

भइरहेको आनन्द नलिएर त्यसलाई पछि सार्दै बर्तमानलाई चिन्ता, तनाव अनि दु:ख झेल्ने हाम्रो प्रवृत्ति छ । मानिस आज भौतिक सम्पत्ति जोड्न व्यस्त छ । एउटा सामान्य मानिसले राम्रो ठाउामा एउटा घडेरी होस् भन्ने चाहन्छ, त्यो भएपछि एक तले घर बनोस् भन्छ । घर पनि भएपछि तला थप्ने, मोटरसाइकल, कार गाडी, सामान्य मोवाइलबाट आइफोन… यस्तै–यस्तै भौतिक सम्पत्तिको लक्ष्य राखेर बर्तमानमा प्राप्त भएको खुशीलाई उपभोग नगरी ‘अब यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो’ भनेर अन्तत: भौतिक जीवन नै सकिन्छ । आफूभन्दा धनी, अब्बल अर्कोलाई देखेपछि मानिसमा डाह, दु:ख पैदा हुन्छ । मेरो पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने चाहना राख्छ । त्यो प्राप्त भएपछि फेरि त्योभन्दा माथिको …. यस्तै यस्तै । एक तोला गहना लगाएकी महिलाले अर्काको तीन तोलाको देख्दा त्यति नै चाहिन्छ, घरमा कचकचक शुरु हुन्छ । ३०००को साडी लगाएकीलाई अर्कोको १५००० को देख्दा त्यस्तै लगाउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउाछ । आफ्नो हैसियत अनुसार जे छ त्यसैले सुहाएको छ तर त्यो उसलाई थाह हुादैन, महशुस गर्दैन र आफैलाई अरुका सामू कमजोर, घृणित, असक्षम सावित गरिरहेको हुन्छ । पैदल हिंड्नेलाई साइकल, त्यो भन्दापछि साथीले बाइक कुदाउन थाले अब म पनि किन्छु, त्यो पनि भएपछि साथी कारमा देख्छ र ऊ पनि एउटा कार किन्न पाए हुन्थ्यो भन्छ । किन्छ– देखाउादा राम्रो होला तर किस्ता तिर्ने बेलाको तनाव र अशान्तले कारबाट पाउने सुख, आनन्द कहाा अनुभूति गर्न सक्छ र उसले ?
यसरी आफूसाग नभएको र नराम्रो कुराको कल्पना, सम्झनाले हामीलाई दु:खी बनाएको छ । यो सबै सोचको कारण हो । हाम्रो सोचले हामीलाई खुशी, सुख दिन सक्दैन । लिन जान्दैनौं हामी, खोज्छौं मात्र । आफूमा भएको कुरा लिइरहेका छैनौं । भएको चिजमा रमाउन जानेनौं, नभएको खोजेर दु:ख पाइरहेका छौं ।
संसारमा आज लाखौंको आाखा छैन, कतिको हात खुट्टा छैन, कति मृत्यु शैयामा छटपटाइ रहेका छन् । हामीसाग आाखा, हात खुट्टा, स्वस्थ जीवन छ । तर पनि नहुनेहरु कति रमाइरहेका छन् हामी दु:खी बनिरहेका छौं । फरक यति हो उनीहरुले जीवन बुझेका छन्, जे छ त्यसमै रमाएका छन्, तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंभित्र, परिवारभित्र, समाजभित्र खुशी र शान्ति खोजौं ।
२०००को सामान्य मोवाइल सेट होस् या त एक लाखको आईफोन । दुबैको काम सम्पर्क, कुराकानी गर्ने हो । तर राम्रो मोवाइल भएन, किन्न पाए हुन्थ्यो, कसैले दिए हुन्थ्यो भनेर हामी मनलाई दु:खी बनाइरहेका हुन्छौं । होला–लाखको मोवाइलमा फङ्सन, अप्सन धेरै होला । तर तिनको आवश्यकता आफूमा कति छ, त्यसमा भरपर्छ ।
एक सयको घडी र एक लाखको डायमण्ड जडित घडीले पनि दिने समय नै हो । घुम्ने २४ घण्टा मात्र हो । महंगो घडीले १ घण्टा तन्काएर २५ घण्टा समय बनाउन सक्दैन । दुबैले दिने एउटै समय हो । घडीले केवल समय दिन्छ तर तोकिएको समय र ठाउामा पुग्नुपर्ने हामी आफै हो । घडी पुग्दैन, पुगेर पनि हाम्रो काम बन्दैन ।
विश्वका धनी विल गेट्स हुन् या त शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति बाराक ओबामा दुबैले पाएको समय एक दिनमा २४ घण्टा मात्र हो, त्यति नै समय हामीले पनि पाएका छौं । कल्पना गरौं उनीहरु कति व्यस्त होलान्, तर त्यो भन्दा व्यस्त त हामी छौं । किनभने हाम्रो जीवन अस्तव्यस्त छ । जसको जीवन अस्तव्यस्त छ उसको जीवन व्यस्त हुन्छ । गेट्स र ओबामाले समयको सही व्यवस्थापन गरेका छन्, हामीले सकेका छैनौं । हामीलाई आए जति मोवाइल उठाउनैपर्छ, जस्तै महत्वपूर्ण बैठक कार्यक्रममा सहभागी भइरहेको किन नहोस्, अनि बोलाए जति ठाउा पुग्नैपर्छ । अनावश्यक व्यस्तता देखाउाछौं– यहाा जानु छ, उहाा जानु छ, यसो गर्नु छ, उसो गर्नु छ भनेर । यसले स्वयम्को जीवन त अस्तव्यस्त, तनाव, चिन्ता र दु:खदायी छ नै त्यसको कारण परिवारमै अशान्ति, तनाव छाएको हुन्छ । हामी आत्तिन्छौं मात्र । म त्यहाा नपुग्दा के हुन्छ ? के त्यो कार्यक्रम नै असफल हुन्छ ? म के गरिरहेको छु, किन गर्दैछ, कसका लागि हो मेरो यो समय र काम ? यसबाट के उपलब्धि हुन्छ ? मूल्यांकन गरौं । जानै छ भने ठीक छ जाऔं । समयको सही व्यवस्थापन गरौं । सम्झिसक्दा दौडने होइन योजनाबद्ध २४ घण्टा बिताऔं । तसर्थ एकै दिन १० ठाउा भ्याउने होइन, मैले समय कहाा दिने भन्ने कुरा महत्वपूर्ण हो ।
हुन त हामी मध्ये कतिपय यो अमूल्य समय टीभी हेरेर, घुमेर, खाएर, नाचेर, खेलेर, गफ गरेर, अर्काको कुरा काटेर बिताइरहेका छौं । समयको महत्व बुझिएन र समयमै कुनैपनि काम पूरा गरिएन भने त्यो समय फर्केर आउादैन, आउाछ त केवल पश्चताप, हुन्छ केवल दु:ख । तसर्थ समयको महत्व बुझेर आफूलाई उपयोगी काममा समर्पित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
आफै भित्र हेरौं– मनभित्र के चलिरहेको छ ? भित्र म आनन्दित, शान्त छु/छैन ? हेरौं । बाहिर नहेरौं– बाहिर अशान्ति छ, चोरी, डकैती, बलात्कार, कालोबजारी जस्ता विकृति छ । भित्रको कुरा विर्सिएर बाहिरको मात्र सोच्यौं भने यसले हामीलाई दु:खी बनाउाछ ।
हामी हरेक कुरा, घटना, पक्ष, व्यक्तिको नकारात्मक पक्ष केलाउन थाल्छौं, त्यस मै गहिरिन्छौं, विभिन्न अनुमान लगाउाछौं । अनि त्यही अनुसार अभिव्यक्ति र कर्म गछौं । अरुलाई दोषारोपण गर्छौ, आफू सर्वज्ञान सम्पन्न ठान्छौं । हैसियतभन्दा माथिको कुरा, अहंकार, आडम्बरमा रमाइरहेका छौं । झिंगा जसरी घाउमा मात्र बस्छ, हाम्रो बुद्धि त्यस्तै खराब र नकारात्मक सोचमा मात्र केन्द्रित भइरहेको छ । यस्तो सोचबाट हामी आफ्नै जीवनमा नराम्रो पक्ष आमन्त्रण गरिरहेका छौं अनि जीवन नराम्रो भइरहेको छ । यसको उपाय या उपचार भनेको आफूसाग नभएको, नदेखेको कुराको चिन्तन नगर्नु नै हो । भएकैमा रमाऔं । जस्तो सोच छ जीवन त्यस्तै बन्छ । राम्रो सोचौं, राम्रो बनौं ।
हामीले आफैभित्र भएको चीज, क्षमता, खुशी, आनन्द देखाउन सकेका छैनौं । यो कुरा गरिरहादा फेरि पनि हामी विग्रेका होइनौं, विग्रेको हाम्रो स्वभाव र संस्कार हो । सोच्ने तरिका र बोल्ने शैली विग्रेको छ । जरुरी छ– सोच, विचारमा सुधारको । स्वभाव र संस्कारमा परिवर्तनको ।
आज गाडी र त्यसको पार्टस् फेरे झैं हामी न आफ्नो शरीरको अंग फेर्न सक्छौं, न त श्रीमती, श्रीमान, छोराछोरी, बुबाआमा, दाजुभाइ, दिदीबहिनी नै । फेर्न सक्छौं त केवल सोच, स्वभाव, संस्कार । यति फेर्‍यौं भने सकारात्मक सोच, असल स्वभाव र संस्कारले सुख, शान्ति, आनन्द, स्वस्थ सबै दिन्छ । हामीसाग आर्थिक क्षमता छ भन्दैमा पसलमा गएर १ किलो खुशी, २ किलो आनन्द, ५ किलो शान्ति दिनुहोस् न साउजी भनेर किन्न पाइादैन । र, यो किन्न पनि पर्दैन । सोच बदल्ने हो भने तौलनै नसक्ने गरी आफैबाट प्राप्त गर्न सक्छौं । सोच परिवर्तनबाट आफू मात्र होइन परिवार, समाज, राष्ट्र र विश्व परिवर्तन गर्न सकिन्छ । यथास्थितिमा यो सम्भव छैन । हरेक कामको समय व्यवस्थापनसागै सकारात्मक सोच, स्वभाव र संस्कार परिवर्तन गर्ने हो भने हरेक मानिसले सुख, शान्ति, समृद्धि, आनन्द, प्रेम, खुशी प्राप्त गर्न सक्छन् । हामीले आफूभित्रका यी चिजलाई स्वअनुभूति गर्न सक्नुपर्छ । जसबाट विस्तारै सकारात्मक सोच शक्तिको विकास भई हाम्रो जीवनमा खुशीको वहार आउाछ र सफल र खुशी बनाउाछ । यो सबै प्राप्त हुने मुख्य स्रोत भनेको राजयोग मेडिटेशन हो । तसर्थ यसको थालनी आजैबाट, आफैंबाट गर्ने कि !

र, यो पनि …..

happy

आफू खुसी र सुखी हुने भन्ने मन कसलाई पो नहोला र ? तर, जानी–नजानी हामीले यस्ता काम गरिरहेका हुन्छौ, जसले हामीलाई चिन्तित बनाउँछन्, सुखी रहन दिंदैनन् । सधैं सुखी हुन चाहनेले यी टिप्स पालना गर्दा धेरै सहज हुन सक्छ ।

अरूलाई बदल्ने कोसिस नगर्नुहोस् 

यो आवश्यक छैन कि सबै मानिस तपाईंजस्तै हुन् । जीवनमा विभिन्न यस्ता मानिससँग भेट हुन सक्छ, जसको व्यवहार तपाईंसँग मिल्दैन वा उनीहरूले तपाईंलाई मन नपर्ने व्यवहार गर्छन् । उनीहरूलाई त्यस्तै रहन दिनुहोस्, बदल्छु भन्ने संकल्प लिएर अगाडि नबढ्नुहोस् ।

सबै कुरा पर्फेक्ट बनाउने नसोच्नुहोस् 

कहिलेकाहीँ हामीलाई लाग्छ, यो यस्तो भइदिएको भए, यो त्यस्तो भइदिएको भए झन् राम्रो हुने थियो । हामी सबै कुराको ‘पर्फेक्टनेस’ खोज्छौँ । यस्तो सोच हटाउन जरुरी छ । सबै कुरा सधैँ पर्फेक्ट नहुन सक्छन्, त्यसलाई पर्फेक्ट बनाउँछु भनेर दिमाग लगाउनुको कुनै अर्थ नहुन सक्छ ।

आफ्नो आवश्यकता नबिर्सिनुहोस् 

कहिलेकाहीँ साथीभाइ, परिवार तथा आफन्तको आवश्यकता पूरा गर्ने चक्करमा हामी आफ्नै आवश्यकता भने बिर्सन सक्छौँ । आफ्नो आवश्यकता र चाहना बिर्सनु आफूलाई दुस्खी बनाउनु हो । सुखी रहन आजैबाट आफ्ना चाहनालाई प्राथमिकता दिन थाल्नुहोस् ।

आफैँसँग झुट बोल्न छाड्नुहोस् 

यो बारम्बार भनिने विषय हो । तर, हामी यसमा सफल अत्यन्त कम हुन्छौँ । तर, सुखी र खुसी हुन चाहने हो भने आफैँसँग झुट बोल्न छाड्नुपर्छ । झन्, सधैँका लागि झुट बोल्न छाड्ने हो भने हाम्रो जीवन अत्यन्त खुसी हुन्छ । अरूजस्तो बन्ने प्रयास नगर्नुहोस्

तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै ठीक हुनुहुन्छ । तपाईंले सोचेर आफ्ना काम गर्नुहोस् । अरूको नक्कल गर्ने बानीले तपाईंलाई दुस्खी बनाउन सक्छ । आफू जस्तो हुनुहुन्छ, त्यसमा नै खुसी रहेर अगाडि बढ्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर