Aamsanchar

नक्कली सर्टिफिकेटबाट रेडियो नेपालमा जागिर खानेलाई अख्तियारमा मुद्दा

Author Image
सोमवार, कार्तिक १, २०७३

nakkali sartifiकाठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा रेडियो नेपालका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध आरोपपत्र दायर गरेको छ ।

रेडियो प्रसार विकास समिति, रेडियो नेपालका तत्कालीन लेखा अधिकृत महतराविरुद्धको उजुरीमाथि छानबिन हुँदा निजले नियुक्ति, बढुवा तथा सुविधा लिने उद्देश्यले नक्कली प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।

महतराले पेस गरेको प्रमाणपत्र झुठो देखिएकाले आयोगले सजाय माग दाबीका साथ आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर