Aamsanchar

निवस्त्र भएर बिरामीको उपचार

Author Image
सोमवार, कार्तिक १, २०७३

??????????????????????????????

एजेन्सी–

मनोचिकित्सकले बिरामीका मनभित्र दबिएका भावनालाई बाहिर ल्याइदिएर समस्या समाधान गर्ने गर्छन् । कुनै पनि व्यक्तिमा भित्रभित्रै गुम्सिएर रहेको भावना अर्थात् समस्या बाहिर ल्याउनु सजिलो काम पक्कै होइन । यसका लागि कतिपय समयमा आफूले गरेको अध्ययनको सहारा लिए पुग्छ भने कतिका लागि व्यक्तिगत सुझबुझ चाहिन्छ ।

न्युयोर्ककी २४ वर्षीय सराह ह्वाइटले कुनै पनि बिरामीको समस्या समाधान गर्न अपनाउने उपचार पद्धतिले विश्वलाई नै आश्चार्य चकित बनाएको छ । साइको थेरापिष्ट  सराहको मनोरोगी पुरुषलाई नयाँ तरिकाले आफ्ना भावना पोख्ने र उपचार गर्ने उक्त पद्धतिको अहिले चर्चा भइरहेको छ ।

व्यक्तिगत समस्याबाट गुज्रिएर मनोरोगी भएकाहरुको उपचार गर्ने क्रममा उनी एकाएक कपडा उतार्न थाल्छिन् । बिरामीसँग कुरा गर्दै आफ्ना वस्त्र उतार्दै गर्ने उक्त थेरापिबाट बिरामीका मनमा दबेका भावनालाई सजिलै बाहिर ल्याउन सकिने उनको दाबी छ । उनको भनाई छ, ‘म त्यस्तो उत्तेजना शक्तिको प्रयोग गर्छु । जसले ज्यादा भन्दा ज्यादा आफूलाई सम्हाल्न बिरामीलाई सघाउँछ ।’

सराहले आफूसँग लुकाउनका लागि केही पनि नरहेको महशुस बिरामीलाई यो तरिकाबाट गराउन सकिने बताएकी छिन् । उनी भन्छिन्, ‘जे कुरा कसैलाई देखाउन हुन्न भन्ने मान्यता छ । त्यही कुरा देखाएपछि बिरामीले मनमा कुरा लुकाउने कुरै हुँदैन ।’

सराहले न्युयोर्कमै मनोबिज्ञानमा अन्डरग्य्राजुएट गरेकी हुन्  । पढाइको समयमा मान्छेसँग मनका कुरा बुझ्ने तरिका एकदमै निरस र बोझिलो लागेपछि यो तरिका सुझेको उनी बताउँछिन् । उनल न्युयोर्क डेलीसँगको एक इन्टरभ्युमा भनेकी छिन्, ‘महिलाका तुलनामा पुरुष यो थेरापीलाई बढी रुचाउँछन् । उनीहरु एकदेखि दुई सेसनमा आफ्ना समस्याबाट मुक्ति पाउँछन् ।

उनले एक घन्टाको एक सेसन लिने गरेकी छिन् । जहाँ उनी कुरा गर्दागर्दै सबै कपडा उतारेर अन्तिमसम्ममा निवस्त्र हुन्छिन् ।
उनी एक सेसनको १ सय ५० डलर पारिश्रमिक लिन्छिन्  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)