Aamsanchar

भारतलाई चीनको झापड

Author Image
सोमवार, कार्तिक १, २०७३

बेइजिङ्ग:

3cf10274a161e28b915841961de13c52

कश्मिरको उरीमा भएको आतंकवादी हमलामा १९ सैनिक मारिएपछि पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ।

चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै देश र व्यक्तिलाई आतंकवादसँग जोड्नु गलत हुने बताएको हो ।

गोवामा भएको ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीको प्रतिरोध गर्दै चीनले कुनै एक मुलुक र व्यक्तिलाई आतंकवादसँग जोड्न सही नहुने जनाएको हो ।

चीनले आतंकवादविरुद्ध लड्ने क्रममा पाकिस्तानले गरेको बलिदानी र त्यागलाई पनि ध्यानमा राख्नुपर्ने बताएको छ ।

आइतवार मोदीले गोवामा ब्रिक्स सम्मेलनका क्रममा पाकिस्तानको नाम नलिई उसलाई आतंकवाद जन्माउने मुलुकको संज्ञा दिएका थिए ।

मोदीले ब्रिक्समा पाकिस्तानबारे दिएको कडा अभिव्यक्ति दिएको एक दिनपछि चीनको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया आएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर