Aamsanchar

पढाई संगै, खेलकुदमा पनि अब्बल मुनामदन

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

[दिपेन लावती]
कात्तिक, 

14793919_1096978243751065_643976330_n
झापाको शान्तिनगर १ बर्ने स्थित मुनामदन एकाडेमीले गुणस्तरीय शिक्षा संगै खुलकुदको क्षेत्रमा पनि एक पछि अर्को सफलता पाउदै गएको छ । जिल्लामा हुने ठुला प्रतियोगिताको उपाधी जित्नु एउटा उदारहण हो । नयाँ शक्ति झापा अन्तर्गत रहेको खुलकुद बिभाग जिल्ला समितीले मेचिनगर– ५ स्थित खुट्टिडागीमा आयोजित जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक चुमेको थियो ।

 

त्यस्तै,झापाको शान्तिनगरमा आयोजित जिल्ला स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधी समेत हत्याएको छ । यस्ता ठुला उपाधी संगै मुनामदनले ब्यापसन क्षेत्रनम्बर –४ अन्तर्गत अन्तरबिद्यालय भलिबल प्रतियोगिता ५ पटक जितिसकेको छ ।

 

मुनामदन एकाडेमीका प्रिन्सिपल चेतन ढुङगेल भन्छन् ‘बिद्यार्थी लाई पढाई संगै अतिरिक्त क्रियाकलापमा पनि हामी बिशेष जोड दिन्छौ, सबै बिद्यार्थी डाक्टर, इन्जिनियर, पाईलट नै बन्छन् भन्ने हुदैन् । बिद्यार्थीको रुची अनुसार बिभिन्न क्रियाकलापमा जोड दिन सके इच्छा अनुसार जनशक्ति उत्पादन हुन्छ’ ।

 

उनले भने, आगामी दिनमा स्थानिय खेलाडी लाई प्रोत्साहन गर्न प्रशिक्षण र शान्तिनगर कै एक मजबुत टिम बनाउने इच्छा छ । बिभिन्न क्षेत्रका २० बर्ष भन्दा मुनीका मेहनती र जुझारु खेलाडी लाई मुनामदनले अनुबन्ध गरिसकेको बताए । खेल क्षेत्रको संभावना हुदाँ हुदै पनि, प्रोत्साहन र फुटबल प्रतियोगिता आयोजना नहुदाँ उनिहरुको प्रतिभा लुकेको छ । होम टिम बनाई ठुला प्रतिस्पर्धामा सहभागि गराउन सबैको सहयोग आवश्यक रहेको बताए ।

 

दशैतिहारको अवसरमा मंगलबारे बजार समिती र मंगलबारे युवा परिवारको संयुक्त आयोजनामा सम्पन्न खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी मुनामदनले जितेको हो । फाईनल खेलमा निकै प्रतिस्पर्धात्मक रह्यो । मुनामदनले खुट्टिडागी युवा क्लब लाई २÷१ गोल अन्तरले पराजित गर्दै मुनामदनले उपाधीमा कब्जा जमाएको हो ।

 

मुनामदनका लागि कर्ण लिम्बु र सानुका लिम्बुले १÷१ गोल गरेका थिए । पराजित खुटिट्डागीका तर्फ बाट दिनेश थापा मगरले सान्तवना गोल फर्काएका थिए । उपाधी संगै मुनामदनले नगद, २५ हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेता खुट्टिडागीले नगद, १५ हजार, ट्रफि, प्रमाणमा चित्त बुझाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर