Aamsanchar

पाकिस्तानी जासुस भन्दै भारतले १५३ वटा परेवा पक्रियो

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

जम्मु:

4bef6dd35955b42359027bea26d057fc

जम्मु-कश्मिरको अपराध अनुसन्धान विभाग अर्थात सीआईडी पुलिसले जासुसी गरेको भन्दै १५३ वटा परेवालाई पक्रेर अनुसन्धान थालेको छ ।

सीआईडीलाई यी परेवामार्फत भारतविरुद्ध जासुसी गराइएको शंका रहेको छ । सीआईडीले यी परेवाको प्रयोग गरेर पाकिस्तानी जासुसी एजेन्सीले भारतबाट सुरक्षासम्बन्धी गोप्य सूचना लगिरहेको अर्को शंका पनि गरेको छ। समाचार एजेन्सीलाई एक पुलिस अधिकारीले दिएको सूचना अनुसार यी परेवा पञ्जाब प्रान्तको सीमानाबाट तस्करी गर्दै कश्मिरको पुलवामा लगिँदैथियो ।

यी अधिकृतका अनुसार केही दिनअघि प्रहरीले कश्मिर गइरहेको एक सवारीसाधनबाट केही काठका बाकस बरामद गरेको थियो । यीनै बाकसमा १५३ वटा परेवा राखिएको थियो । बरामद सबै परेवाको टाउकोमा गुलाबी मार्क थियो र खुट्टामा पाउजु जस्तो गहना पनि थिए

जम्मुका डेपुटी कमिश्नरले यो मामलाको जाँचका लागि सीआईडीको जिम्मा लगाएका छन् । पुलिसले यस मामिलामा अहिले एनीमल एक्टको धाराका आधारमा जाहेरी दर्ता गरेको छ।

जम्मुका डीसी सिमरनदीप सिंहले भने, ‘परेवाको प्रयोग गरेर भारतबाट गोप्य सूचना सीमापारिसम्म पुर्याइएको आशंका हामीले गरेका छौं । परेवाको अवस्था गम्भीर रहेको अवस्थामा बरामद गरेका हौं ।’

सीआईडीले अहिले परेवाको टाउकामा लगाइएको चिन्ह र खुट्टामा बाँधिएको रिङ्गबारे जाँच शुरु गरेको छ। यसको पुरा जाँच पुरा भएपछि यी परेवालाई छाडिने भएको छ ।

सुत्रलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरामद गरिएका मध्ये अधिकांश परेवा भारतमै पाइने प्रजातिका हुन् ।

केही दिनअघि पञ्जाव प्रान्तको पठानकोटका बीएसएफका जवानले बमियाल क्षेत्रको सिम्बल चौकी नजिकै सन्दिग्ध परेवा नियन्त्रणमा लिएका थिए । पाकिस्तानबाट आएका यी परेवासँग उर्दू भाषामा लेखिएको एउटा चिठ्ठी पनि रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर