Aamsanchar

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

चितवन:

scrub_typhus

स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ।

कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए।

यसअघि दुईजना महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको सङ्ख्या २१९ पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)