Aamsanchar

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौं,

download

सरकारले मंगलबार र बुधबार दुई दिन पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मकालाई भिटामिन ’ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

बिहानदेखि बेलुकासम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समिति अन्तर्गतका हरेक वडाका तोकिएको केन्द्रमा महिला स्वास्थ्य स्वंयसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ५३ हजार महिला स्वयंसेविका खटिएका छन् । औषधि खान छुटेका बालबालिकालाई बुधबार खुवाइने छ । झण्डै ३३ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य राखिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)