Aamsanchar

अस्पतालमा आगलागीमा २३ को मृत्यु

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

नयाँदिल्ली ।

पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो ।
‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु ) आगलागी भएको हो ।
आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । “उडिसामा भएको घटनाबाट म मर्माहित भएको छु,” मोदीले ट्विीटरमार्फत बताउनु भएको छ । रासस÷ सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर