Aamsanchar

राजकुमारलाई फाँसी

Author Image
बुधवार, कार्तिक ३, २०७३

काठमाडौं ।

विवादका क्रममा एक नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबका एक राजकुमारलाई मृत्युदण्डको सजाय दिइएको छ ।

गल्फ न्युजका अनुसार तीन वर्षअघि भएको एक विवादका क्रममा साउदीकै नागरिकको गोली हानेर हत्या गरेको घटनामा दोषी पाइएका राजकुमार तुर्की बिन साउद अल काबिरलाई फाँसी दिइएको हो ।

यो कुराको पुष्टि साउदी अरेबियाको गृह मन्त्रालयले पनि गरेको छ । यी राजकुमारलाई साउदी अरबको राजधानी रियाद भन्दा बाहिरपट‍्टीको स्थानमा लगेर फाँसी दिइएको हो ।

“तुर्की बिन सउद बिन तुर्की बिन साउद अल कबिरले साउदीकै एक नागरिक आदेल बिन सुलेमान बिन अब्दुल करिम अल मुहैमिदको गोली हानेर हत्या गरेको प्रमाणित भएपछि फाँसी दिइएको हो”, साउदी गृहमन्त्रालयले भनेको छ।

राजकुमारमाथि हत्या अभियोग लागेपछि उनलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय माग गर्दै अदालतमा गरिएको थियो । प्रारम्भीक अदालतले सुनाएको मृत्युदण्डको फैसलाबारे ती राजकुमारको पक्षबाट उच्च न्यायालयमा अपिल गरिएको थियो ।

तर उच्च न्यायालयले पनि प्राराम्भीक अदालतको फैसलालाई सदर गरेपछि मृत्युदण्ड दिइएको हो । त्यसपछि शाही आदेशमा रियाद भन्दा बाहिर लगेर उनलाई फाँसी दिइएको हो ।

गृह मन्त्रालयले साउदी सरकार कानुन कार्यान्वयन र नागरिकको सुरक्षामा प्रतिवद्ध रहेको जनाउँदै जनतामा न्याय र समानताको प्रत्याभूति दिलाउन जोसुकैलाई कानुनी सजाय दिलाउन तयार रहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)