Aamsanchar

वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत

Author Image
बुधवार, कार्तिक ३, २०७३

bhupendra-basnet

काठमाडौँ ।

नेपालकै सबभन्दा पुरानो वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ ।  स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले डा. बस्नेतलाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।  डा. बस्नेत नेपाल चिकित्सक सङ्घको पूर्व महासचिवमा हुनुहुन्छ ।
यसअघि निर्देशक प्रा.डा. स्वयम्प्रकाश पण्डितको दुईवर्षे कार्यकाल सकिएपछि भदौ २६ देखि बस्नेतले निमित्त निर्देशकको जिम्मेवारी पाउनुभएको थियो ।  इन्टरननेसनल मेडिसिनमा एमडी र ग्यास्ट्रो इन्टेरोलोजीमा डीएम गर्नुभएका प्रा.डा. बस्नेत न्याम्सको मेडिसिन विभागमा प्राध्यापन गर्नुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)