Aamsanchar

संवाद समूह संयोजक दीपेन्द्रलाई मातृशोक

Author Image
बुधवार, कार्तिक ३, २०७३

Dilli Maya Bhattari
बिर्तामोड ।

संवाद समूह झापाका सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईलाई मातृशोक परेको छ ।

उनकी माता डिल्लीमाया भट्टराईको ८४ बर्षको उमेरमा बुधवार [कात्तिक ३] विहान ८ः४० बजे झापाको भद्रपुर–१३ लेखनाथ चौकस्थित निजी निवासमा स्वर्गारोहण भएको हो । उनी लामोसमयदेखि मुटु रोगको समस्याबाट पीडित थिइन् । स्व. डिल्लीमायाका दीपेन्द्रसहित ४ छोरा बुहारी र ४ छोरीज्वाई रहेका छन् । दीपेन्द्र कान्छा छोरा हुन् । उनी नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसन झापाको सदस्य हुन् भने मानवअधिकार संरक्षण मञ्चको सचिव समेत रहेका छन् ।

छोराबुहारीहरुमा मोहनप्रसाद– हेमन्त भट्टराई, रामप्रसाद –सुमित्रा भट्टराई, डिल्लीराम–देवीमाया भट्टराई, दीपेन्द्र–मैयादेवी भट्टराई रहेका छन् । छोरीज्वाईहरुमा कृष्णमाया–कुवेरनाथ बास्कोटा, मैयादेवी–केशव तिवारी, सावित्रा–कृष्णप्रसाद उप्रेती, मीना–सीताराम तिम्सिना रहेका छन् । स्व. भट्टराईको बुधवार नै १२ बजे कनकाई माईमा अन्त्येष्टि गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)