Aamsanchar

त्रिशुलीमा बस खस्दा एकको मृत्यु, नौजनाको जीवितै उद्धार

Author Image
बुधवार, कार्तिक ३, २०७३

चितवनः

trisuli-accident-3

मुग्लिन-नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ ।

नौ जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । उनको पूरै नाम र ठेगाना भने नखुलेको कुँबरले बताए ।चालक अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

काठमाण्डौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मङ्गलबार बेलुकी साँढे आठ बजे सडकबाट नारायणी नदीमा खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा घाइते हुनेमध्ये धादिङ सलाङका कृष्ण नेपाली गम्भीर घाइते भएका छन् ।

उनको थप उपचारका लागि काठमाण्डौं पठाइएको एसपी कुँबरले जनाए । अन्यको अबस्था सामान्य छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भएको छ ।

चालक अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । बसमा ११ जना मात्र सवार रहेको एसपी कुँबरले जानकारी दिए ।

दुर्घटनास्थल मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ पर्छ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर