Aamsanchar

डुङ्गा दुर्घटनापछि पुनः सञ्चालन

Author Image
बुधवार, कार्तिक ३, २०७३

इलाम ।

8

दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ ।

गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि डुङ्गा सञ्चालन स्थगित गरिएको थियो । यात्रुको सहजतालाई मध्यनजर गर्दै कोदोबारी दोभानमा डुङ्गा सञ्चालन गरिएको हो । यसअघि पनि सोही स्थानबाट डुङ्गा सञ्चालन हुँदै आएको थियो ।

दुर्घटनास्थल लोदिया दोभानमा भने अझसम्म डुङ्गा सञ्चालनमा आउन नसकेको चन्द्र तामाङले जानकारी दिनुभयो । अहिले चण्डालघाटमा सञ्चालित डुङ्गाका लागि १० र कोदोबारीको डुङ्गाका लागि सातवटा लाइफ ज्याकेटको व्यवस्था गरिएको छ ।

बाँकी लाइफ ज्याकेट र ट्युब महमाई गाविसले अन्य सहयोगी निकायसँग सहकार्य गरी खरिद गरी वितरण गर्ने गाविस सचिव चन्द्र पौडेलले बताउनुभयो । दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी चौकी र गाविस कर्मचारीको निगरानीमा अहिले डुङ्गा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर