काठमाडौं,
सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी-३ घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा-४ घर भई ललितपुर ईमाडोल बस्ने मानबहादुर मगर, दोलखा लाकुरीडाँडा(४ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने वासुदेव के।सी। भन्ने मिनबहादुर खत्री र ललितपुर गाबहाल बस्ने तिर्थ डंगोल रहेका छन् ।
गएको साउन १० गते राति ललितपुर उपमहानगरपालिका–१२ नौदेवहालमा रहेको बुद्ध गुम्बाको बाहिरी गारोमा प्वाल पारेर ताल्चा काटी बहुमूल्य मूर्ति र त्यसको गहना चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो ।
बहुमूल्य प्राचिन मूर्तिहरु र मूर्तिका गरगहनासमेत योजनावद्ध तरिकाले संगठित चोरी गर्न सुराकी दिने, चोरी गर्ने, ओसार पसार एवं विक्री वितरण गरी संगठित अपराध र पुरातात्विक मूर्ति चोरीमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई ललितपुर जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।