Aamsanchar

प्रतिष्ठानमा कमला

Author Image
बुधवार, कार्तिक ३, २०७३

खुदुनाबारी ,unnamed
सामाजिक कियाशिल संस्था इन्द्र कमल प्रतिष्ठान मोरङको कार्यसमिति सदस्यका रुपमा सूर्योदय टेलिभिजन कार्यक्रम प्रस्तोता एंवम पत्रकार सागर गौतम चयन भएका छन् ।

झापाको खुदुनाबारी–७ निवासी पत्रकार गौतम दोस्रो साधारण सभाबाट प्रतिष्ठानको कार्यकारी केन्द्रिय सदस्यको रुपमा चयन भएका हुन् । प्रतिष्ठानको अध्यक्षमा भने कमला दाहाल बास्कोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा शारदा सुवेदी,सचिवमा कृष्ण प्रसाद कोइराला,कोषाध्यक्षमा शिला दङाल रहेका छन् ।

समितिको सदस्यहरुमा क्रमश नारायण प्रसाद कोइराला,विष्णु प्रसाद गौतम,कुल प्रसाद दाहाल,उर्मिला थापा,हरि सुवेदी,शान्ता निरौला रहेका छन् । सहसचिव सहित मनोनित सदस्यहरुमा समावेशी तरिकाले मनोनित गरिने अध्यक्ष कमला दाहाल बास्कोटाले बताइन । युवराज बास्कोटा,तुलसा बास्कोटा सुवेदी,हरिवंश सुवेदी रहेको निर्वाचन मण्डल उतm कार्यसमिति चयन गरेको थियो ।

कार्यक्रममा पथरीशनिश्चरे वडा नं–७ मितेरी मार्ग,आदर्श टोलस्थित प्रतिष्ठान अध्यक्ष कमला दाहाल बास्कोटाको निवासस्थलमा सयौं स्थानीयबासी सहित क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको जनाइएको छ । प्रतिष्ठानकी अध्यक्ष कमला दाहाल बास्कोटाले प्रस्तुत गरेको कार्यपत्रमा संस्थाको छुट्टै भवनको निम्ति जमिन खरिद गरि तकाल भवन निर्माण गर्ने,स्थानीय पार्टीपौवा,मठमन्दिर तीर्थस्थदलमा वृक्षारोपण गर्ने लगायतका अन्य सामाजिक कार्यहरु गर्ने जनाइएको छ ।

कार्यक्रममा एमाले प्रभावशाली युवा नेता युवराज बास्कोटा,समाजसेवी लिलानाथ बास्कोटा,रुद्र बास्कोटा लगायतको बोलेका थिए । सोही भेलाले इन्द्र कमल बास्कोटा प्रतिष्ठान नाम रहेकोमा संसोधन गरी इन्द्र कमल प्रतिष्ठान मात्र रहेको जनाएको छ । संस्थाको वैधानिक क्रियाशिलतालाई सहयोग पु¥याउन भारतीय राजदूताबास,काठमाण्डौंले आफ्नो ७० औं स्वतन्त्रता दिवस–१५ अगस्तको अवसरमा एउटा वातानुकूलित एम्बुलेन्स प्रदान भई केही दिनमा संञ्चालनमा पत्रकार सागर गौतमले बताए ।

२०७३ फागुन भित्रमा एक सपबाहन सवारी साधन समेत ल्याउने तयारीमा प्रतिष्ठान जुटिरहेको बताइएको छ । सो कार्यक्रममा प्रमुख अतिर्थी कमल बास्कोटा र इन्द्रमाया बास्कोटा रहनु भएको थियो । कार्यक्रमको संञ्चालन पत्रकार गौतमले गरेका थिए ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर