Aamsanchar

झापाका ७८ प्रतिशतका घरमा शौचालय

Author Image
बिहिवार, कार्तिक ४, २०७३

[नरेन्द्र ढकाल]
बिर्तामोड।

Untitled

सन् २०१६ भित्र झापालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने सरकारी लक्ष्य असफल हुने भएको छ । अबको दुई महिना भित्र जिल्लालाई खुल्ला दिशमामुक्त बनाउन नसकिए पनि छिट्टै घोषणा गर्ने लक्ष्यमा काम गरिरहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख चोकप्रसाद धितालले बताएका छन् ।
हालसम्म झापाका ७८ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको जिल्ला खानेपानी डिभिजन कार्यालय झापाले जनाएको छ । झापाले सन् २०१६ भित्र जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान चलाएको चार बर्षमा बल्लतल्ल ४ वटा गाविसमा अभियान सफल भएको पनि समग्र जिल्लाको अवस्था पछिल्लो समय सुधार आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख धितालको भनाई छ ।
‘स्वास्थ्य र सरसफाईको लागि घरघरमा चर्पी झापाको सान, सन २०१६ सम्म खुल्ला दिशा मुक्त जिल्ला बनाउने हाम्रो अभियान’ भन्ने मूल नारा नारामा नै सिमित हुने निश्चित भएको हो । अबको दुई महिनामा आठ नगरपालिका र २९ गाविस खुल्ला दिशामुक्त सक्ने आधार नभएकाले सन् २०१७ भित्र झापालाई खुल्ला दिशामुक्त बनाईने उनले जानकारी दिए । झापाले सन् २०१६ भित्रै यो अभियान सफल बनाउन असम्भव प्रायः भइसकेको उनले स्वीकार गरेका छन् । झापा साक्षरता जिल्ला घोषणा भएपनि शौचालय बनाउनुपर्छ भन्ने चेतनाको कमी हुदाँ अभियान असफलता तर्फ लागेको सरकारी कर्मचारीहरुको भनाई छ । हालसम्म दुहागढी, खुदुनाबारी, धाइजन र बुधबारे गाविस खुल्ला दिशामुक्त गाविस भईसकेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका अनुसार दक्षिणी क्षेत्रका गाविसहरुमा शौचालय नबनाउनेहरुको संख्या उच्च रहेको छ । दलित, जनजाति र मुस्लिम समुदायको बाहुल्य रहेको सो क्षेत्रमा आर्थिक विपन्नता र अशिक्षाले जरो गाँडेको बताइएको छ । जनचेतनाको कमी, गरीबी र शौचालय बनाउने जमिन नहुँदा विपन्न र सुकुम्बासीहरुले खोलाका धार, बाँसघारी र खाली जमिनलाई शँैचालयको रुपमा उपयोग गर्दै आएका छन् । अर्काेतर्फ सम्पन्नहरुले अटेर गरेर शौचालय नबनाउँदा विपन्नहरुमा नराम्रो सन्देश गएको बताइएको छ ।
यो अवधिमा पूर्वका १६ मध्ये धनकुटा, इलाम र पाँचथर जिल्ला मात्र खुला दिसामुक्त घोषित भएका छन् । सन् २०१५ को डिसेम्बर भित्र सौचालय बनाइ सक्ने लक्ष्य लिएका ताप्लेजुङ, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, सुनसरी र भोजपुर त्यसमा सफल हुन सकेका छैनन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख धितालले विभिन्न संघ संस्थासंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकाले सन् २०१७ को जुलाई सम्ममा झापालाई खुल्ला दिशमा मुक्त जिल्ला घोषणा गरिने उनको भनाई छ ।

२०१७ भित्र नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियान चलिरहदा झापालाई भने सन् २०१६ भित्रै खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियान असफल हुने निश्चित भएको धितालको भनाई छ । झापामा एक लाख ९० हजार घरधुरी रहेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ । यसैबीच जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख चोकप्रसाद धितालको दाङ जिल्लामा सरुवा भएको छ । उनको स्थानमा सिताराम काफ्ले आउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१