युएईबाट फर्केका नवीनकुमारले बिर्तामोडमा खोले
बिर्तामोड ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुले झापामा धमाधम नयाँ–नयाँ व्यवसाय सञ्चालन गर्न शुरु गरेका छन् ।
लामो समयसम्म युएईमा बसेर नेपाल फर्किएका झापा कनकाई नगरपालिका–१ दुर्गापुरका नवीनकुमार भट्टराईले रेमिट्यान्स र हवाई टिकटको व्यवस्थासहित बिर्तामोडमा ग्लोवल कम्युनिकेशन एण्ड मनी ट्रान्सफर सञ्चालनमा ल्याएका छन् ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सर्वसुलभ ढंगले बिर्तामोडबाटै हवाई टिकटको व्यवस्था, विदेशमा बसेकाहरुले स्वदेशमा रकम पठाउनु परे रेमिट्यान्सको सुविधा एकै ठाउँबाट प्रदान गर्ने उद्देश्यले उनले मनि ट्रान्सफर सञ्चालनमा ल्याएका हुन् ।
१० लाख बढी रकम खर्चिएर उनले बिर्तामोडस्थित अतिथि सदन लाइनमा उक्त मनि ट्रान्सफर सञ्चालनमा ल्याएका हुन् । मनी ट्रान्सफरको उद्घाटन उद्योग वाणिज्य संघका उपाध्यक्ष कुमार भट्टराईले गरे ।
मनी ट्रान्सफरको उद्घाटन गर्दै उपाध्यक्ष भट्टराईले गाउँ–गाउँदेखि वैदेशिक रोजगारीमा जानेको संख्या दिनानुदिन बढ्दै गएको र विदेशबाट हुण्डीमार्फत स्वदेशमा पैसा पठाउदा ठगिने गरेको हुँदा मनी ट्रान्सफर मार्फत रकम पठाए सुरक्षित र भरपर्दो हुने भन्दै व्यवसायको सफलताको शुभकामना व्यक्त गरे । उनले भने– ‘टिकटीङका लागि काठमाडौंसम्म जानु नपर्ने, विदेशि यात्रुलाई समेत सुविधा भएकाले झापामा यसखाले व्यवसाय आवश्यक थियो ।’
छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्न उपाध्यक्ष भट्टराईले सञ्चालकलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 152