Aamsanchar

लिम्बुवान कार्यकर्ता हतियारसहित पक्राउ

Author Image
बिहिवार, कार्तिक ४, २०७३

भक्तपुर ।

download

लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्तालाई प्रहरीले भक्तपुरको मनहरा सुकुम्बासी वस्तीबाट हतियारसहित पक्राउ गरेको छ ।

लोकन्थली मनहरा सुकुम्बासी वस्तीमा बिदेशमा रहेका दाजुको कटेरोमा बस्दै आएका पाँचथर पञ्चामी ३ का सचिन्द्र पालुङ -लिम्बु लाई प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान खुकुरीसहित निवासबाटै पक्राउ गरेको हो ।

उनको साथबाट एउटा चक्कु, सात थान सेतो ठोस पदार्थ, तीन जोर कम्ब्याट र पिटी जुत्ता, बिजुलीको तार एक मुठा र लिम्बुवानको झण्डासमेत बरामत भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)