Aamsanchar

पूर्वी पहाडी जिल्लामा जाडो बढ्यो

Author Image
बिहिवार, कार्तिक ४, २०७३

ताप्लेजुङ ।

download

मनसुन सकिए सँगै ताप्लेजुङ सहित पूर्वी पहाडी क्षेत्रमा यो वर्ष छिट्टै चिसो बढ्न थालेको छ ।

नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव सकिएर पश्चिमी वायुको प्रभाव सुरु भएसँगै चिसो बढेको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली वायु मण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । चिसो वढेसँगै ताप्लेजुङको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस सम्म झरिसकेको छ ।

केहि दिन अघि देखि तपक्रम दैनिक एक डिग्री सम्म झर्न थालेको कार्यालय प्रमुख विष्णु न्यौपानेले बताए । चिसो बढेका कारण जिल्लाको अधिकतम तापक्रम पनि २५ डिग्री सेल्सियसमा सिमित भएको छ ।

एक्कासी चिसो बढेसँगै ताप्लेजुङ सदरमुकाम सहित माथिल्लो क्षेत्रका स्थानिय विहान बेलुका समुह भएर आगो ताप्ने तातो लुगा लगाए हिड्न् थालेका छन् ।

अघिल्लो वर्षको तुलनामा चिसो एक महिना अघिनै सुरु भएको अनुभव भएको स्थानियको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर