Aamsanchar

घट्यो ल्यान्डलाइन फोन प्रयोग

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौः  

land-line-phone-58098c93c292a8.02598127

सिन्धुलीकी मिथिला कोइराला भारतमा बस्ने श्रीमान्सँग फोन पाँच घन्टा हिँडेर रामेछाप पुग्थिन् । रामेछाप बजारमा रहेको फोनबुथबाट सयौं पटक गफ गरेको अनुभव छ उनीसँग । उनले भनिन्, ‘एक हप्ताअघि रामेछापको फोनबुथमा फोन गरेर अर्को हप्ता फोन गर्छु बोलाइदिनु होला भनेपछि बजारमा जानेबाट खबर आउँथ्यो र म फोन गर्न रामेछाप जान्थें ।’

त्यो समय ल्यान्डलाइन फोनको महत्व बेग्लै थियो । सबैको पहुँच र सबै स्थानमा सहज रूपमा ल्यान्डलाइन फोन उपलब्ध थिएन । भएका फोनबुथमा पनि घन्टौं लाइन बस्नुपर्ने बाध्यता थियो । यो १८/१९ वर्ष अघिको कुरा हो । कोइरालाका अनुसार केही समयपछि गाउँको नजिकै फोनबुथ आयो, विस्तारै गाउँ हुँदै घरघरमा ल्यान्डलाइन फोन देखापरेको थियो ।

तर, अहिले फेरि ल्यान्डलाइनको बजार पहिलेको स्थितिमा फर्किएको छ । गत पाँच वर्षको तुलनामा आर्थिक वर्ष २०७२/७३ मा ल्यान्डलाइन फोन प्रयोगमा झन्डै चार गुणाले कमी आएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणको गत पाँच वर्षको तथ्यांकअनुसार यो अवधिमा जम्मा ४५ हजार ल्यान्डलाइन फोन विस्तार भएका छन् । आर्थिक वर्ष २०६८/२०६९ सम्ममा ६ लाख २८ हजार पाँच सय ७५ ल्यान्डफोन विस्तार भएकोमा गत आव २०७२/२०७३ सम्म आइपुग्दा मात्र ६ लाख ३० हजार २७ ल्यान्डलाइन फोन विस्तार भएको छ ।

तथ्यांकअनुसार आव २०६८/२०६९ मा २५ हजार दुई सय ४८ ल्यान्डलाइन फोन विस्तार भएको थियो । तर, त्यो संख्या घटेर आव २०७२/२०७३ आइपुग्दा एक वर्षको अवधिमा जम्मा सात हजार तीन सय मात्र ल्यान्डलाइन फोन विस्तार भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा आधा नै हो । आव २०७१/२०७२ मा १२ हजार चार सय ५८ वटा ल्यान्डलाइन फोनको विस्तार भएको थियो । आव २०६८/२०६९ पछिको तथ्यांकलाई हेर्ने हो भने हरेक आवमा आधाको दरले ल्यान्डलाइन्को प्रयोगमा कमी आएको छ ।

यसको प्रमुख कारण मोबाइलको बढ्दो प्रयोग भएको नेपाल टेलिकमका प्रवक्ता प्रतीभा बैद्य बताउँछिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)