[हिमा रसाईली]
सुरुंगा,
सवै बाबुआमा लाई आफ्ना सन्तान शारिरीक रुपमा स्वास्थ्य अनि तन्दुरुस्त हुदाँ संसारकै खुसी मिल्छ तर सवैलाई यो खुसी हुने मौका कहाँ मिल्छ र ! बरु उल्टै आफ्नै अशक्त सन्तानको दुख टुलुटुलु हेर्नु पर्ने बाध्यता हुन्छ ।
यस्तै नियती छ झापा शिवसताक्षी नगरपालीका ८ टेक्रका फुलमाया गौली र लक्ष्मी प्रसाद गौलीको । उनीहरुको सातौँ सन्तानको रुपमा २०६० साल भदौमा जन्मिएकी छोरी गोमा गौली पुर्ण अशक्त अपाङ्ग छिन् ।तीन बर्ष सम्म मज्जाले बस्ने ,खाटबाट आफै झर्नु सक्ने तर हिड्न चाँही सक्दिन्न थिइन अनि विस्तारै शरीर लुलो हुदै गयो ,बोली पनि आएन ,सुन्न पनि सक्न छोडिन् ।
गोमाको यो अवस्थाले उनीहरुलाई निकै चिन्तित् बनायो र छोरीको यो अवस्था सुधार हुन्छ की भनेर स्थानीय अस्पताल पनि लगे तर त्यहाँ उपचार हुन नसकेपछि काठमाण्डौ लान सल्लाह दिइयो तर आर्थीक अभावले पिल्सीएको गौली परिवारमा कहाँ यो सामथ्र्य थियो र । अन्तत स्गोमाको अशक्तता हेरेर बस्न बाध्य छन् गौैली परिवार ।
गोमा अहिले १३ बर्षकी भइन तर उनीमा कुनै ज्ञान छैन ,आफ्नो लागि केहि गर्न सक्दिनन् । खाना ,बस्न ,सुताउन, दिशा पिसाव गराउन ,नुहाइ धुवाइ सवै कुरामा उनलाइ सहयोगी चाहिन्छ यो सवै आमाले सकिनसकि गर्नुपर्छ । गोमालाई मन लाग्यो भने अन्य केटाकेटी सँग खेल्छिन तर अरु सँग खेल्दा पनि परिवारलाइ चैन भने हुदैन किन की उनले कति खेर कुट्ने हो टुंगो हुदैन ।
हुन त अधिकांश समय एक्लै बस्छिन् । उनीमा यति सम्म अज्ञनता छ कि आफ्नो शरीरलाइ आफै हानी पु‘¥याउ छिन् ।गोमाले आफ्नै दाहिने आँखा हातको औलाले घोचेर आँखाको नानी सामन्य भन्दा बाहिर निकालेकी छिन्् । जसले गर्दा उनको आँखा फुलो परेको छ तर अस्पलात लैजाने सामथ्र्य परिवारमा नभएकाले उनको उपचार भएको छैन ।
सधैँ छोरीको साथ रहदा त यसरी शरीरलाई हानी पु¥याने गर्छिन् भने एक्लै हुदाँ कसो गर्छिन् भन्ने पिरले आफु कहिल्यै कतै जानु नपाएको आमा फुलमाया गौली बताउछिन्् ।आफु पनि विस्तारै वृद्घ हुदै गएकोले छोरीलाई अव त उचाल्न पनि गाह्रो हुन थालेको बताउछिन् फुलमाया । गोमालाई सरकारले अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम अनुसार अपाङ्ग परिचय पत्र वितरण गरी पुर्ण अशक्त अपाङ्ग स्वरुप मासिक रुपमा भत्ता दिदै आएको छ ।
यो भत्ताले आर्थीक रुपमा थोरै भएपनि राहत मिलेको उनका दाइ कुमारले बताए । आमा फुलमायालाई छोरीको यो अवस्थाले त्यसै पिर त छदैछ त्यसमा पनि हाम्रो समाजमा बढ्दै गएको महिला हिंसा ,बालिका बलत्कारको घटनाले आफ्नो छोरीको सुरक्षा प्रतिको चिन्ताले झनै सताएको छ ।
छोरी धेरै भएर होइन तर आफु पनि वृद्घ हुदै गएकाले छोरीलाइ सुरक्षीत राख्ने , पढाउने कुनै संघ संस्था भए आफ्नो छोरीको संरक्षण को अनुरोध गर्छिन् फुलमाया ।सुरक्षीत साथ राखिदिने कुनै सहयोगी सस्था भए गौली परिवारलाई ठुलो राहत मिल्ने उनीहरुको भनाइ छ ।