Aamsanchar

उपकरण सुटुक्क लिलाम बिक्री,सात महिनापछि छानबिन सुरु

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

खोटाङ,

30032016073259doctor-1000x0

जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम बिक्रीका विषयमा स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ ।

जिल्ला अस्पताल तर्फका ७२ र जनस्वास्थ्य कार्यालय तर्फका ४० गरी एक सय १२ प्रकारका सामान तथा उपकरण लिलाम बिक्री गरिएको विषयमा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामिछानेको संयोजकत्वमा गठन गरिएको समितिले बिहीबारदेखि छानबिन सुरु गरेको हो ।

उपसचिव लामिछाने, लेखा अधिकृत सीताराम दुलाल र बायोमेडिकल इन्जिनियर पंकजकुमार झा लगायतको टोली जिल्ला अस्पताल दिक्तेलमा आइपुगेर छानबिन थालेको हो । स्थानीय प्रशासन, प्रहरी लगायत सम्मिलित टोलीले लिलाममा परेपछि शिलबन्दी गरिएका सामान तथा उपकरण समेत निरीक्षण गरेको छ ।

उपसचिव लामीछाने नेतृत्वको टोलीले अस्पतालको सामान खरिदकर्ता दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरमा राखिएका तथा दिक्तेल नगरपालिका–९ का राजन केसी र दिक्तेल नगरपालिका–४ अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा राखिएका सामान अनुगमन गरेको छ ।

स्वभाविकभन्दा कम मूल्यमा जिल्ला अस्पतालको उपकरण तथा सामान कसैलाई थाहै नदिइ लिलाम बिक्री भएको भन्दै जिल्लामा सर्वत्र बिरोध सुरु भएपछि प्रशासनले स्टोर गरिएका सामान शिलबन्दी गरेको थियो । गएको फागुनमा एक सय १२ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको विषय ७ महिनापछि मात्र खुलासा भएको हो ।

जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यमा उपकरण लिलाम गरेको खुलासा भएको हो ।

अस्पताल विकास समितिलाई नै जानकारी नदिइ सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पुर्‍याइनुमा मिलेमतोको आशंका गरिएको छ ।

सार्वजनिक महत्वका सम्पत्तिलाई कसैलाई थाहै नदिइ सुटुक्कै बिक्री गरिएको भन्दै उद्योग वाणिज्य संघ, खोटाङ एकता सेवा समाज, नागरिक समाज र पछिल्लो समय राजनैतिक दलले चर्को विरोध गरिरहेका छन् उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर