‘सात/आठ नम्बरतिर उहाँको पालो परेको थियो,’ तिमल्सिनाले सेतोपाटीसँग भने, ‘कविता वाचन गर्न अगाडि जाँदा उहाँ हँसिलो र ताजा देखिनुहुन्थ्यो। मेरो उमेर ८७ वर्ष भयो। आज मलाई कसो–कसो १७/१८ वर्षको उमेरको याद आयो र आज बिहानै लेखेको कविता सुनाउँछु भन्दै छन्द कविता सुनाउनु भएको थियो। मलाई एक लाइन मात्र याद छ, ‘झल्को लाग्छ मलाई कुन्नी किन हो त्यो सत्र–अठार वर्षको।’ कविता सुनाएपछि फर्किएर बेन्चमा बस्नेबित्तिकै थरथर काम्नुभयो र एकैछिनमा ढल्नुभयो। हामीले ट्याक्सीमा हालेर अस्पताल लग्यौं। उहाँको आफन्त आइपुगेको केही बेरमै चिकित्सकले उहाँले अन्तिम सास फेरेको जानकारी दिनुभयो।’
आफन्तको भनाइ उद्धृत गर्दै तिमल्सिनाले बताएअनुसार आचार्य कुनै पनि औषधि सेवन गर्थेनन्। उमेरअनुसार स्वस्थ जीवनयापन गर्दै आएका आचार्यले खाना पनि खासै बार्नु परेको थिएन। गोरखा स्थायी घर भइ काठमाडौंमा छोराबुहारीको साथमा बस्दै आएका आचार्यले बिहानै बुहारीसँग ‘कार्यक्रममा जानुछ चाँडै खाना बनाउ है’ भनेका थिए। उनकी श्रीमती पनि प्यारालाइसिसका कारण थला परेको तिमिल्सिनाले जानकारी दिए। setopati
तस्बिर-बलराम तिमल्सिना
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 169