Aamsanchar

मेचीनगरका तेजप्रसाद चम्लागाईंको साउदीमा मृत्यु

Author Image
शनिवार, कार्तिक ६, २०७३

झापा ।

साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।

इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो ।

पोल्टी फार्ममै उहाँको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो ।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर