Aamsanchar

श्रीमान्को हत्या गर्ने श्रीमति र सालालाई मुद्दा

Author Image
शनिवार, कार्तिक ६, २०७३

धनगढी ।

श्रीमान्को हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कतव्र्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको देखिएकाले बिहीबार पक्राउ परेका दुबैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीवार ३९ वर्षीय नारायण उपाध्यायकोे मृत्यु भएपछि उनको शव अन्तिम दाहसंस्कारका लागि मोहना नदीघाटमा लगिएको थियो । मृतककोे नाक र कानवाट रगत देखिएको खबर प्रहरीलाई प्राप्त हुनासाथ चितामा राख्न लागिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल पु¥याएको थियो ।

मोहना नदीघाट लैजाँदा बाटोमा मृतकको नाक र मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएपछि मृतकका दाजु जीवलाल उपाध्यायले प्रहरीमा जाहेरी गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)