Aamsanchar

ट्रम्पले १८ वर्षीया नायिकालाई ‘ओछ्यानका लागि उचित केटी’ भनेपछि…

Author Image
शनिवार, कार्तिक ६, २०७३

एजेन्सीः

Trump_-580b40e66cc163.53190431

अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प विभिन्न प्रसंगलाई लिएर विवादमा पर्दै आएका छन् । यही क्रममा उनको अर्को पनि विवादास्पद कुरा सार्वजनिक भएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनमा उनले सन् २००४ मा अन्तर्वार्ता दिने क्रममा हलिउड नायिका लिन्ड्से लोहनको नांगो तस्बिरका बारेमा बोलेको प्रसंग अहिले चर्चाको विषय बनेको छ । लोहनलाई उनले त्यति बेला ‘ओछ्यानका लागि उचित केटी’ भन्ने प्रतिक्रिया दिएका थिए ।

हवार्ड स्टर्न सोमा उनले भनेका थिए, ‘लोहनको छाती नजिकबाट देखेको छु । उनको छातीभरि दाग नै दाग छ । उनी साँच्चै समस्या भएकी केटी हुन् । त्यस्ता केटीहरू ओछ्यानका लागि मात्रै उचित हुन सक्छन् ।’ त्यतिमात्र होइन, लोहनका बुवा अधर्मी हुनसक्ने प्रतिक्रिया पनि उनले त्यति बेला दिएका थिए । त्यति बेला लोहन १८ वर्षकी थिइन् ।

डोनाल्डले कुनै पनि महिलालाई अनुमतिबिना नै आफूले चुम्बन गर्ने गरेको समेत बताएका थिए । रियल स्टेट व्यवसायमा लागेका डोनाल्डले आफ्नो स्टारडमका कारण जे गरे पनि कुनै महिलाले आपत्ति नजनाउने दाबी गरेका थिए ।

त्यति बेला सर्वत्र आलोचना भएको यस विषयले हाल पनि डोनाल्डलाई विवादमा तानेको हो । यस विषयले उनको राष्ट्रपतीय चुनावी अभियानमा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । विवादास्पद यी प्रसंगलाई उनका कुनै तर्कले पनि छल्न सकेको छैन ।अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर