Aamsanchar

अवैधरुपमा ओमान जान लागेका दुई युवतीको उद्धार

Author Image
आइतवार, कार्तिक ७, २०७३

भीमदत्तनगर ।

वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हँुदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ ।

सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हँुदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । काठमाडौँ–दिल्ली चल्ने ना५ख ८९७ नंको बस चेकजाँच गर्ने क्रममा उक्त दुई युवती अवैध रुपमा जान लागेको भेटिएको हो । सुनसरी घर भएका गौरीले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफूले काठमाडौँबाट दिल्लीका लागि हिँडेको बताएको माइती नेपालको भनाइ छ ।

साथमा पासपोर्ट भिसासमेत नभएकी युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेचबिखन गर्न लगिरहेको आशङ्का माइती नेपाल कञ्चनपुरले गरेको छ । सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभेटिएकाले उनीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर आवधिक गृहमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर