Aamsanchar

धारीलो हतियार प्रहारबाट घाइते

Author Image
आइतवार, कार्तिक ७, २०७३

झापा।khukuri

झापाको शनिअर्जुन-१ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्।

स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो हतियार प्रहार गरेका हुन्।

धारीलो हतियार प्रहारबाट घाइते भएका भिम प्रसादको मेची अंचल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने उनका बाबुलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर