काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख दिप बस्न्यातले निश्चित घटना विशेषका आधारम आयोग आफूलाई प्राप्त संवैधानिक दायित्वबाट र कार्य सम्पादनबाट विमुख नहुने बताएका छन् ।
आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनले अख्तियारको नेतृत्व विरुद्धको महाअभियोग प्रस्तावले सिंगो आयोग परिवार आहत भए पनि दायित्वबाट विमुख नहुने बताए ।
उनले आयोगका कर्मचारीहरुलाई संस्थाको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो तुल्याउने गरी कामलाई निरन्तरता दिन पनि निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141