Aamsanchar

अमेरिकामा बस र ट्रक ठोक्किँदा १३ को मृत्यु

Author Image
सोमवार, कार्तिक ८, २०७३

काठमाडौं :

bus-truck-collide-in-america_W9eE80oEDJ

अमेरिकी राज्य क्यालिफोर्नियामा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० यात्रु घाइते भएका छन्।

बसमा सवार रहेका अधिकांश यात्रु ल्याटिन अमेरिकी रहेको समाचारमा उल्लेख गरिएको छ। दुर्घटनाको कारणबारे अधिकारीहरूले छानविन सुरु गरेका छन्। दुर्घटनामा बसका चालकको मृत्यु भएकाले दुर्घटनाको वास्तविक कारण थाहा पाउन कठिन भएको अधिकारीहरूको भनाइ छ।

मृत्यु हुनेहरू प्राय बसको अगाडि रहेका यात्रु रहेको अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ। एकै दिशामा गइरहेको ट्रकमा बस ठोक्किएकाले बसको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटनामा बाँचेका यात्रुहरुका अनुसार दुर्घटनाका बेला अधिकांश यात्रु मस्त निन्द्रामा थिए। क्यालिफोर्निया हाइवे बोर्डर डिभिजन प्रमुख जीम एबेले पछिल्लो ३५ वर्षमा यस्तो दुर्घटना नदेखेको भन्दै दुर्घटनाको कारण पत्ता लगाउन हरसंभव प्रयास गरिने बताएका छन्।एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर