Aamsanchar

घरमा लक्ष्मी माताको बास गराउन यसो गर्नुहोस्

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

आउँदो आइतवार लक्ष्मीपूजा आउँदैछ । देवी लक्ष्मीको पूजा उपासना गर्दा धनका साथसाथै सुखसमृद्धि प्राप्त हुन्छ । तल लेखिएको विधि अपनाएर लक्ष्मीको पूजा गर्न सकिन्छ :

goddess-lakshmi

सामग्री
देवी लक्ष्मीको मूर्तिलाई स्नान गर्नका लागि तामाको पात्र, तामाको लोटा, जलको कलश, दूध, वस्त्र र आभूषण तयार गर्नुस् । त्यस्तै चामल, दियो, तेल, धूपबत्ती र अष्टगन्ध छुट्याउनुस् । गुलाबका फूलहरू ल्याउनुस् । प्रसादका लागि फल, दूध, मिठाई, नरिवल, पञ्चामृत, सुक्खा मेवा, सक्खर, पान र दक्षिणा राख्नुस् ।

संकल्प
कुनै विशेष मनोकामना पूर्तिका लागि गरिएको पूजनमा संकल्प गर्नु जरूरी हुन्छ । निष्काम भक्तिले विना कुनै संकल्प पनि काम गर्न सकिन्छ ।

पूजन शुरू गर्नका लागि संकल्प गर्नुस् । संकल्प गर्नुभन्दा पहिले हातमा जल, फूल र चामल लिनुस् । पूजन गरेको दिनको वर्ष, वार, तिथि, स्थान र आफ्नो नाम उच्चारण गर्दै इच्छा पनि बोल्नुस् ।

त्यसपछि जललाई जमिनमा छोड्नुस् ।

पूजनविधि
कुनै पनि शुभकार्य शुरू गर्नुअघि श्रीगणेशको पूजन गर्नुपर्छ । भगवान् गणेशलाई स्नान गराउनुस् । वस्त्र अर्पण गर्नुस् । अनि चन्दन, पुष्प र अक्षता पनि चढाउनुस् ।

त्यसपछि देवी लक्ष्मीको पूजा शुरू गर्नुस् । देवीको प्रतिमामा उहाँको आह्वान गर्नुस् । आह्वान भनेको बोलाउने काम हो । घरमा बोलाएपछि सम्मान गर्नुपर्छ । त्यसका लागि आसन समर्पण गर्नुस् ।

त्यसपछि स्नान गराउनुस् । स्नान गराउँदा पहिला जल अनि पञ्चामृत अनि फेरि जलले स्नान गराउनुस् ।
त्यसपछि माता लक्ष्मीलाई वस्त्र अर्पित गर्नुस् । अनि आभूषणहरू लगाइदिनुस् । त्यससपछि फूलको माला पहिराउनुस् । सुगन्ध अर्पण गर्नुस् । तिलक लगाइदिनुस् । अनि धूप र दीप चढाउनुस् ।

माता लक्ष्मीलाई गुलाबको फूल धेरै मन पर्छ । त्यो चढाउनुस् । त्यस्तै बेलपत्र चढाउँदा पनि उहाँ प्रसन्न हुनुुहन्छ । एघार वा २१ अक्षता चामल अर्पण गर्नुस् ।

श्रद्धानुसार घिउ वा तेलको दियो बाल्नुस् । आरती गर्नुस् । त्यसपछि देवीको प्रतिमालाई परिक्रमा गर्नुस् ।

अब नैवेद्य अर्पण गर्नुस् । महालक्ष्मी पूजन अवधिभरि ऊँ श्री महालक्ष्म्यै नमः यो मन्त्र जप गर्नुस् ।

दैनिक भास्कर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर