Aamsanchar

ज्यान मुद्दाका फरार एक पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

झापा।

jel
फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्यवन गर्ने सिलसिलामा पूर्व क्षेत्रीय अनुसन्धान समुहले कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापा शनिश्चरे-३ बस्ने ३५ बर्षिय चन्द्र लिम्बुलाई पक्राउ गरी अदालतमा उपस्थीत गराएको छ।

लिम्बु उपर कर्तब्य ज्यान मुद्दामा २०६८ पुष १२ गतेको जिल्ला अदालत झापाबाट २० बर्ष कैद सजाय फैसला सुनाइएको थियो। फैसला संगै उनी फरार थिए।

उनलाई अनुसन्धान समुहको टोलीले मंगलबार विहान झापाको दमकबाट पक्राउ गरेको हो। लिम्बुलाई झापा अदालतमा उपस्थित गराउँदा फैसला कार्यान्वयनकालागी कारागार पठाउने आदेश भएकोले झापा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर