काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका ११ ‘विज्ञ’लाई हटाएको छ ।
जसमा लोेकमानकी छोरी आध्या श्री पनि परेकी छन् । लोकमानले छोरीलाई अख्तियारको मेडिकल विज्ञको नाममा नियुक्ति दिएका थिए ।
मंगलबार आयोगका आयुक्तहरुको सामूहिक छलफलपछि अख्तियारले महाअभियोगको सामना गरिरहेको लोकमानले नियुक्त गरेका वरिष्ठ अधिवक्ता कोमल घिमिरे, भानुभक्त पोख्रेल, बालचन्द्र आचार्य, करुणाकर मल्लिक, रामहरी अर्याललाई हटाएको स्रोतले बतायो ।
यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ ।
अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल, सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई पनि अख्तियारबाट हटाइएको अख्तियार स्रोतले बतायो ।