Aamsanchar

नौ स्थानीय तहको प्रारम्भिक सहमति

Author Image
बुधवार, कार्तिक १०, २०७३

भोजपुर।

Bhojpur-Bazzar-800x496

जिल्लामा नौ स्थानीय तह बनाउने प्रारम्भिक सहमति भएको छ ।

स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगको पछिल्लो परिपत्रानुसार जिल्लामा पाँचदेखि नौ वटासम्म स्थानीय तह बनाउन निर्देशन आएको र सोही निर्देशनानुसार राजनीतिक दल सहितको सर्वपक्षीय भेलामा प्रारम्भिक छलफल सम्पन्न गरिएको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले जानकारी दिनुभयो ।

सीमाङ्कन लगायतका विषयमा थप छलफल गरी यही कात्तिक २० गतेसम्ममा अन्तिम टुङ्गोमा पुगिने स्थानीय विकास अधिकारी न्यौपानेको भनाइ छ । पुनःसंरचनाका विषयमा जिल्लाका दलबीच ठूलो विवाद नभएको हुनाले आपसी सहमतिबाट टुङ्गोमा पुग्ने बताइएको हो । नौ स्थानीय तह बनाउने विषयमा दलहरु सहमत छन् । यसअघि राजनीतिक दलले १३ स्थानीय तहको माग राख्दै आएका थिए । आयोगले मुलुकभरि पाँच सय ६५ स्थानीय निकाय बनाउने प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर