Aamsanchar

घर ज्वाइँले गरे सासुको हत्या

Author Image
बुधवार, कार्तिक १०, २०७३

नेपालगन्जः

hatya

बाँकेको नौवस्ता–७ तल्लो गाभरकी ६४ बर्षीया देविसरा विकको गएराति हत्या भएको छ । विकका छोरी ज्वाइँ हस्तबहादुर विकले सासु देविसराको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको लास आफ्नै घुम्ती पसलमा भेटिएको छ । भूतपूर्व सेनाकी श्रीमती देविसरा छोरी ज्वाइँ हस्तबहादुर र नाति मनोज विकको साथमा बस्दै आएकी थिइन् । छोरी सुष्मा विक वैदेशिक रोजगारीको लागि साउदी अरब पुगेकी छिन् ।

सासुको हत्या गरी हस्तबहादुर र नाती मनोज फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिए। पैसाको लागि ज्वाइँले देविसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी काफ्लले जानकारी दिए ।

मृतक देविसराले सोमबार मात्रै पेन्सन बुझेकी थिइन् । कति पैसा बुझेकी थिइन् भन्ने यकिन नभएको डिएसपी काफ्ले जानकारी दिए । घुम्ती पसलमा समेत ५ रुपैयाँ मात्रै भेटिएको उनले बताए । पेन्सनमा बुझेको र पसलमा भएको सबै पैसा लिएर ज्वाइँ फरार भएको प्रहरी जनाएको छ ।

सोमबार राति नै हत्या भएको पनि मंगलबार बेलुका ४ बजे मात्रै प्रहरीले खबर पाएको थियो । पैसा लिन पुगेकी छिमेकीले साढे ३ बजे तिर गुम्तीमा पुग्दा देविसराको लास देखेपछि प्रहरीलाई खवर गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर