Aamsanchar

जाने हो धुलिखेल ? जहाँ छ पर्यटकको घुइँचो

Author Image
बुधवार, कार्तिक १०, २०७३

dhulikhelबनेपा ।

धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ ।

“होटेलले आन्तरिक र विदेशी पर्यटक लोभ्याउने कार्यक्रम ल्याउनु पर्छ,” उहाँले भन्नुभयो । भूकम्पको त्रासदी ओझेलमा परेको र विस्तारै ट्रेकिङ, ह्याकिङमा बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ ।

ट्रेकिङ र ह्याकिङको लागि अधिकांश पर्यटक नमोबुद्ध, बल्थलीलगायत क्षेत्रमा जाने गरेका छन् । “बाह्य पर्यटक कम्तीमा तीन दिनसम्म धुलिखेल बसेको अवस्था छ,” श्रेष्ठले भन्नुभयो । खासगरी जर्मनी, जापान, कोरिया, अमेरिका, भारतबाट पर्यटक धुलिखेल आउने गरेका तथ्याङ्क छ । त्यस्तै आन्तरिक पर्यटकको पनि धुलिखेलका होटेलमा घुइँचो लाग्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर