Aamsanchar

एक पटक पढ्नैपर्ने ,यस्तो छ पत्रकार आचारसंहिता-२०७३

Author Image
बुधवार, कार्तिक १०, २०७३

काठमाडौँ ।

पत्रकार आचार संहिता जारी भएको एक महिना भयो तर यसमा केक े व्यवस्था छ भन्ने बारे धेरैलाई थाह छैन ।

पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ असोज ६ गते  जारी गरेका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बदलिँदो पत्रकारितासँग आमसञ्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायित्व बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताउनुभयो ।

उहाँले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराउनुभयो । “पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थियो”, उहाँले भन्नुभयो – “नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटेर तयार गरिएको छ ।”

अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराउनुभयो ।

नयाँ आचारसंहिता जारीसँगै पुराना ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ ।

नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक अधिकारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सञ्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ ।

यसैगरी प्रत्येक सञ्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउन सक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

पत्रकार आचारसंहिता-२०७३ हेर्न यो लिंक क्लिक गर्नुहोस्

 

Code of conduct 2073 design

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर